PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

नेपाल र सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति 



पहिलोपोस्ट

नेपाल र सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति 

गणतन्त्र सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गरेका छन्। द्विपक्षीय भेटवार्तामा उनीहरुबीच नेपाल र सिसेल्सको द्धिपक्षीय हित र आपसी सम्वन्धबारे छलफल भएको छ। 

भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पु¥याउन कार्यदल गठन भएको छ। कामदारको न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधाको तय संयुक्त कार्यदलले गर्नेछ। कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाल रहेका छन्। 

अहिले एक हजार २५० भन्दा बढी नेपाली सिसेल्समा रहेको जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell