PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

नेपाललाई नेटोको सदस्य बनाउन खोजिएको बिजुक्छेँको दाबी, ‘युक्रेन युद्ध हुनुमा अमेरिका नै दोषी’



पहिलोपोस्ट

नेपाललाई नेटोको सदस्य बनाउन खोजिएको बिजुक्छेँको दाबी, ‘युक्रेन युद्ध हुनुमा अमेरिका नै दोषी’
तस्विर : भक्तपुर नगरपालिका

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले नेपालमा अहिले पश्चिमा देशहरूको प्रभाव धेरै बढिरहेको बताएका छन्।

भक्‍तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारका हरेक लडाइँ तथा युद्धहरूमा साम्राज्यवादी र पुँजीपतिहरूको हात हुने गरेको बताउँदै नेपालमा पनि अहिले पश्चिमा देशहरूको प्रभाव धेरै बढिरहेको दाबी गरेका हुन्।

नेपालमा एमसीसी पारित भएसँगै नेपाललाई पनि नेटो संगठनको सदस्य बनाउन खोजिएको उनको दाबी थियो। उनले अमेरिकाले रसियाको विरोधमा गरिरहेको लडाइँ विचार र सिद्धान्तको नभई आर्थिक प्रभावको युद्ध भएको बताए।

बिजुक्छेँले युक्रेनको अहिलेको अवस्था आउनुमा दशकौं अगाडिदेखिको अमेरिकाको साम्राज्यवादी नीति नै जिम्मेवार भएको बताउनुभयो ।

भने, ‘युक्रेन युद्ध हुनुमा संयुक्त राज्य अमेरिका नै दोषी हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell