PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

महालक्ष्मी नगरपालिकामा नि:शुल्क आँखा शिविर, चार सयले लिए सेवा



पहिलोपोस्ट

महालक्ष्मी नगरपालिकामा नि:शुल्क आँखा शिविर, चार सयले लिए सेवा

ललितपुरः ललितपुरको महालक्ष्मी नगरपालिका ५ मा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। समाजसेवी रामबहादुर अमात्यको पहलमा भएको शिविरमा चार सय जनाको आँखा जाँच गरिएका छन्।

महालक्ष्मी नगरपालिका, तारापुञ्ज बचत सहकारी, मोतेश्वर आपसी बचत तथा सहकारी र आधारशीला बचत सहकारीको सहयोगमा भएको शिविरमा १२ जनाको मोतियाविन्दुको शल्क्रिया गर्नुपर्ने पहिचान समेत भएको छ। तारापुञ्ज बचत सहकारीका उपाध्यक्ष गोविन्द पौडेलले केही दिनपछि निःशुल्क शल्क्रिया समेत हुने बताए।

उनका अनुसार चाप बढी भएकाले केही महिनापछि फेरि शिविर सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell