PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

जीवन पराजुलीको पुस्तक ‘क्लोज-अप’ सार्वजनिक



पहिलोपोस्ट

जीवन पराजुलीको पुस्तक ‘क्लोज-अप’ सार्वजनिक

काठमाडौँ: नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तकलाई कलाकारहरु करिष्मा मानन्धर, दीपाश्री निरौला, झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन्।

फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३६३ पृष्ठको छ। पुस्तकमा विभिन्न कालखण्ड र ति कालखण्डका चलचित्रकर्मीहरुको अनुभव, भोगाई र संघर्षलाई समेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell