PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

आर्सनलको संघर्षपूर्ण जित



पहिलोपोस्ट

आर्सनलको संघर्षपूर्ण जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले एस्टोनभिल्लामाथि संघर्षपूर्ण जित निकालेको छ। भिल्ला पार्क स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

आर्सनलको जितका बुकायो साकाले निर्णायक गोल गरे। उनले खेलको ३० औं मिनेटमा गरेको गोल नै आर्सनलको जितका लागि पर्याप्त बन्यो।

जितसँगै आर्सनल तालिकाको शीर्ष चारमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ७०, दोस्रो स्थानमा रहेको लिभरपुलले ६९, तेस्रो स्थानमा रहेको चेल्सीले ५९ अंक जोड्दा चौथो स्थानमा रहेको आर्सनलले ५४ अंक जोडेको छ। पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले ५० अंक जोडेको छ। पराजय ब्यहोरेको एस्टोन भिल्ला ३९ अंक जोडेर तालिकाको नवौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell