PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कसरी ट्र्याक गरिन्छ आधुनिक विमानको ‘लोकेसन’?



पहिलोपोस्ट

कसरी ट्र्याक गरिन्छ आधुनिक विमानको ‘लोकेसन’?
फाइल फोटो

‘फ्लाइट ट्र्याकिङ’ प्रविधिले उड्डयन उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। यसअघि, सामान्यतया विमान ट्र्याक गर्न सूचनाको स्रोतका रूपमा विमानस्थलबाट प्राप्त हुने तथ्यांकलाई लिइन्थ्यो। तर, ति तथ्याङ्कहरु त्यति धेरै सही हुँदैनथे।

नयाँ प्रविधि अपनाएर अब सिधै विमानबाट डाटा प्राप्त हुने गरेको छ। आधुनिक विमानमा प्रयोग हुने ‘अटोमेटिक डिपेन्डेन्ट सर्भेलेन्स-ब्रोडकास्ट’(एडीएस-बी) प्रविधिका कारण यो सम्भव भएको हो।

एडीएस-बी प्रविधि एक जटिल नयाँ प्रणाली हो, जुन विमानहरू ट्र्याक गर्न प्रयोग गरिन्छ।

के हो एडीएस-बी प्रविधि?

एडीएस-बी प्रविधि यसअघि पाइलटहरूले बिना कुनै त्रुटी सबै ट्राफिकको ट्र्याक राख्नको लागि डिजाइन गरिएको एक परिष्कृत प्रणाली हो। यसको प्रयोग पाइलटहरूले अन्य जानकारीका साथ अग्ला भूभागहरु र मौसम अपडेटबारे जानकारी लिन गर्थे।

यो प्रविधिमार्फत लिन सकिने अन्य जानकारीहरु भनेको विमानको गति, उचाइ र विमानको पहिचान लगायत हुन्। यसले एयरस्पेस वा अन्य एडीएस-बी विमानबारे पनि जानकारी दिन्छ।

एडीएस-बीले कसरी काम गर्छ?

यसले स्याटेलाइटमा आधारित नेटवर्कमार्फत ‘सिग्नल’ पठाएर आफ्नो काम गर्छ। विमानको स्थानलगायत अन्य जानकारी समावेश भएको विमानको एडीएस-बी ट्रान्सपोन्डरबाट यो ‘सिग्नल’ निस्किन्छ। जुन ‘सिग्नल’ अर्कोतर्फ रिसीभरसम्म पुग्छ।

यो प्रविधिमा ‘सिग्नल’ प्रसारण गर्न ‘हाई फ्रिक्वेन्सी’को प्रयोग हुन्छ, त्यसैले यसमा सूचनाको पहुँच सीमित हुन्छ। यही सीमित पहुँचका कारण कहिलेकाहीँ विमानको सही स्थानबारे जानकारी लिन महासागरको अर्को छेउमा बाधा पुग्न सक्छ।

सीमित पहुँचकै कारणले गर्दा रिसिभरको दूरीको अनुपातमा विमानको उचाइ बढाउनुपर्छ ताकि ‘सिग्नल’ सहीसँग प्राप्त होस्।

विमान एडीएस-बीको दायरा बाहिर भए के हुन्छ?

उडान गन्तव्य थाहा भएको अवस्था ‘कभरेज’ बाहिर रहेको विमानको २ घण्टासम्मको स्थिति हिसाब गर्न सकिन्छ। गन्तव्य अज्ञात भएको विमानको हकमा भने ‘कभरेज’ बाहिर रहेको १० मिनेट सम्मको स्थिति अनुमान लगाउन सकिन्छ।

विभिन्न मापनहरूको प्रयोग गरेर यसमा विमानको ‘पोजिसन’ अनुमान गरिन्छ, र सामान्यतया तुलनात्मक रूपमा यो सही हुन्छ। तर, लामो उडानको हकमा भने ‘पोजिसन’ १०० किलोमिटर (५५ माइल) सम्म फरक पर्न सक्छ।

एडीएस-बी प्रविधि नभएका विमानहरु कसरी ट्र्याक गरिन्छ?

एडीएस-बी प्रविधि नभएका विमानहरु रडार ट्र्याकिङ प्रणाली प्रयोग गरेर ट्र्याक गरिन्छ। ‘मल्टिलेटेरेसन’ (एमएलएटी) प्रयोग गरेर यस्ता विमानहरुको ‘पोजिसन’बारे अनुमान गर्न सकिन्छ। एमएलएटीमा प्रणालीले ‘टाइम डिफ्रेन्स अफ अराइभल (टीडीओए) नामक विधि प्रयोग हुन्छ। यद्यपि, एमएलएटीको कभरेज लगभग ३ हजार देखि १० हजारफिट माथि मात्र हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell