PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

गृहमन्त्री खाँणको जिकिर: एमसीसी राष्ट्र हितमा छ



रासस

गृहमन्त्री खाँणको जिकिर: एमसीसी राष्ट्र हितमा छ
फाइल फोटो

पाल्पा: एमसीसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्। विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले जिकिर गरे।

नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने: एमसीसी नेपालका लागि फाइदा छ। यसका कारण देशमा रोजगारी बढ्नेछ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले एमसीसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेका बताए।

'स्थानीय तहको निर्वाचन हुन्छ। सरकार निर्वाचनका तयारीमा लागेको छ। यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ।' उनले भने।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आगामी निर्वाचनमा कांग्रेसलाई जिल्लाको पहिलो पार्टीका रूपमा स्थापित गर्ने दाबी गरे। उनले भने: जिल्ला तहदेखि स्थानीय तहसम्मका सबै भातृ संस्था चलायमान बनाएर अबको निर्वाचनमा अग्रपङ्क्तिमा कांग्रेस आउने छौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell