PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

रसियाको दाबी : पूर्वी युक्रेनमा हाइपरसोनिक मिसाइलले हतियार भण्डारण क्षेत्र धवस्त बनायौं



पहिलोपोस्ट

रसियाको दाबी : पूर्वी युक्रेनमा हाइपरसोनिक मिसाइलले हतियार भण्डारण क्षेत्र धवस्त बनायौं
Photo : Russian Defence Ministry

रसियाले युक्रेनमा हाइपरसोनिक मिसाइल प्रहार गरेको बीबीसीले उल्लेख गरेको छ। रसियाले पहिलोपटक हाइपरसोनिक मिसाइलको प्रयोग गरेको दाबी गरेको हो। रसियाली रक्षा मन्त्रालयले पूर्वी युक्रेनमा हातहतियार भण्डारण गरिएको क्षेत्रमा मिसाइल प्रहार गरेको जनाएको हो।

एमआइजी-३१ विमानबाट ‘किनजल’ मिसाइल प्रहार गरिएको बताइएको छ। उक्त मिसाइलले २ हजार किलोमिटर टाढासम्मको निशानामा प्रहार गर्न सक्छ र ६ हजार किलोमिटर प्रति घण्टाको गतिमा उड्न सक्छ।

हाइपरसोनिक मिसाइलको गति आवाजको गति भन्दा पाँच गुणा बढी हुन्छ। रसियाली राष्ट्रपति भ्लादमीर पुटिनले यसअघि हाइपरसोनिक मिसाइलमा लगानीका बारेमा बताउँदै आएका थिए।

युक्रेन र रसियाबिच युद्ध सुरु भएको २५ दिन पुगिसकेको छ। यसबिच दुवै पक्ष वार्तामा बसे पनि निकास निस्केको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell