PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

कागज र मसी आयात गर्न नसक्दा श्रीलंकामा रोकियो वार्षिक परीक्षा, ४० लाख बढी विद्यार्थी प्रभावित



पहिलोपोस्ट

कागज र मसी आयात गर्न नसक्दा श्रीलंकामा रोकियो वार्षिक परीक्षा, ४० लाख बढी विद्यार्थी प्रभावित
Photo : Xinhua

श्रीलंका सरकारले विद्यालय तहको वार्षिक परीक्षा स्थगित गर्ने निर्णयको अहिले विश्वभर चर्चा भइरहेको छ। आर्थिक संकटसँग गुज्रिरहेको श्रीलंकाले शनिवार कागजको अभावका कारण सोमवारबाट हुने भनिएको परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

सामान आयात गर्न आर्थिक संकट देखा परेसँगै अधिकारीहरुले परीक्षा स्थगित गर्ने निर्णय गरेका हुन्। काजगसँगै मसी आयात गर्न विद्यालयले नसकेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

परीक्षा स्थगित भएसँगै त्यसबाट ४० लाख भन्दा विद्यार्थी प्रभावित हुनेछन्।

विदेशी मुद्राको अभावका कारण श्रीलंका स्वतन्त्रता यता कै गम्भीर आर्थिक संकटमा परेको छ। आर्थिक संकटबाट बच्न श्रीलंकाले इन्टरनेशनल मनिटरि फन्डसँग ऋण लिने बारेमा छलफल पनि गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell