PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

स्थानीय तह निर्वाचनबारे सर्वेक्षण : ७८.३ प्रतिशत चाहन्छन् स्थानीय तहका प्रमुख नदोहरिउन्



पहिलोपोस्ट

स्थानीय तह निर्वाचनबारे सर्वेक्षण : ७८.३ प्रतिशत चाहन्छन् स्थानीय तहका प्रमुख नदोहरिउन्

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाताहरुले मेयर वा गाउँपालिका अध्यक्ष नदोहोरिउन भन्ने चाहना राखेका छन्। अभ्नी दिगोपना केन्द्रले गरेको सर्वेक्षणमा ७८.३ प्रतिशत मतदाताले हालकै मेयर वा गाउँपालिका अध्यक्ष दोहोरिएको हेर्न नचाहेको बताएका हुन्।

फागुन २० देखि २८ गतेसम्म देशभरका १८ वर्ष देखि ३५ वर्ष उमेर समूहका ४१५ जनामा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणमा सहभागीमध्ये ४७ प्रतिशत पुरुष र ५३ प्रतिशत महिला छन्। सर्वेक्षणमा १२ कक्षा देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरुलाई समावेश गरिएको थियो।

‘आफ्नो मेयर वा गाउँपालिका अध्यक्षलाई ८८.१ प्रतिशतले चुन्छु भने तर ७८.३ प्रतिशतले हालकै मेयर वा गाउँपालिका अध्यक्ष दोहोरिएको हेर्न चाहँदैनन्,’ सार्वजनिक गरिएको सर्वेक्षणको प्रारम्भिक नतिजामा भनिएको छ।

त्यस्तै, ८५.८ प्रतिशतले आफ्नो वडा अध्यक्षलाई चिन्ने गरेको ७४.५ प्रतिशतले उनीहरु पुन: दोहोरिएको हेर्न नचाहेको भनेका छन्।

सर्वेक्षणमा सहभागीमध्ये ८१.२ प्रतिशतले नेपालको भविष्यको बारेमा सोध्दा ८१.२ प्रतिशतले प्रगति भइरहेको बताए पनि चाहेजति नभएको बताएका छन्। सहभागीमध्ये ९५ प्रतिशतले आफ्नो भोटले निर्वाचनमा फरक पार्ने बताएका छन्।

उनीहरु मध्ये ७५.४ प्रतिशतले जलवायु परिवर्तन प्रमुख राजनीतिक मुद्दा हुनुपर्ने बताएका छन्।

सर्वेक्षणमा सहभागि मध्ये ७८ प्रतिशतले आगमी निर्वाचनमा भोट हाल्ने निधो गरेका छन्। त्यस्तै, ८ प्रतिशतले भोट हाल्ने नसोचेको र १३.५ प्रतिशतले एकिन नभएको जनाएका छन्।

सर्वेक्षणमा सहभागीमध्ये १०.४ प्रतिशतले मतदानकै लागि भनेर आफू बसेको ठाउँबाट यात्रा गर्न तयार छैनन्। त्यस्तै, २१.९ प्रतिशतले एकीन नभएको बताएका छन्।

६७.७ प्रतिशतले मात्र मतदान गर्नका लागि आफू बसेको ठाउँबाट यात्रा गर्न तयार रहेको जनाएका छन्।

सर्वेक्षणमा सहभागीमध्ये ८.७ प्रतिशतले कुन पार्टीलाई भोट हाल्ने निधो गर्दा ६४.१ प्रतिशतले भने पार्टी भन्दा पनि उम्मेदवारका आधारमा भोट हाल्ने बताएका छन्। २७.२ प्रतिशतले भने पार्टी र उम्मेदवारको बारेमा सोचेका छैनन्।

सर्वेक्षणमा सहभागी मध्ये धेरै जसो युवाहरुले भ्रष्‍टाचारलाई प्रमुख मुद्दा मानेका छन्। भ्रष्टाचारलाई ६०.७ प्रतिशतले मुद्दा मान्दा युवाहरुको लागि रोजगारी र अवसरको कमी (६०.५%), सक्षम र इमानदार नेताहरुको कमी (६०.२%),युवाहरु पलायन (५४.५%) र उद्यमशीलतालाई प्रोत्साहन गर्ने वातावरणको कमी (४८.७%)लाई प्रमुख मुद्दा मानेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell