21.jpg)
काठमाडौंः पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा रहेका कुमालको साथबाट स्रोत नखुलेको नगद सहित फेला परेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।