PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

काठमाडौंबाट पोखरा जाँदै गरेको बसमा रहेका युवकको साथमा २२ लाख रुपैयाँ, स्रोत देखाउन नसक्दा प्रहरी हिरासतमा



पहिलोपोस्ट

काठमाडौंबाट पोखरा जाँदै गरेको बसमा रहेका युवकको साथमा २२ लाख रुपैयाँ, स्रोत देखाउन नसक्दा प्रहरी हिरासतमा

काठमाडौंः पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा रहेका कुमालको साथबाट स्रोत नखुलेको नगद सहित फेला परेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell