PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

विदेशी मुद्रा सहित त्रिभुवन विमानस्थलबाट एक युवती पक्राउ



पहिलोपोस्ट

विदेशी मुद्रा सहित त्रिभुवन विमानस्थलबाट एक युवती पक्राउ

काठमाडौंः शनिवार दिउँसो प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध तरिकामा लैजान लागेको विदेशी मुद्रा सहित एक जनालाई पक्राउ गरेको छ।

१९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर सहित सोही महानगरपालिका-१३ बस्ने गोरखा बोर्लाङ-८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको व्यागेज विमानस्थलमा खटिएको प्रहरीले एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell