PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

'शमशेर' मा गौरव पहारीको एक्सन अवतार



पहिलोपोस्ट

'शमशेर' मा गौरव पहारीको एक्सन अवतार

काठमाडौं : फिल्म 'शमशेर' मा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन्। फिल्म निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दैँ पहारी अनुबन्धित भएको जानकारी दिएको हो।

सार्वजनिक पोस्टरमा गौरवको एक्सन अवतार देख्न सकिन्छ। फिल्ममा गौरव 'रागव' पात्रको भूमिकामा देखिँदैछन्। 

यसअघि अभिनेता मनिष राउत पनि फिल्मको मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। उनी फिल्ममा मनिष राउत 'शमशेर' को भूमिकामा देखिनेछन्।

एक्सन जनरामा बन्ने फिल्मलाई एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गर्न लागेका हुन्। सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको फिल्मको लागि मुख्य अभिनेत्रीको भने खोजी भइरहेको छ। 

फिल्मको छायांकन काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुनेछ। फिल्ममा मनिष र गौरवका साथै सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुली लगायतका कलाकारको अभिनय रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell