2.jpg)
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्र र जनताको हितमा छिमेकी राष्ट्रले दिने सहयोग लिन सकिने बताएका छन्। आज नेपाली कांग्रेस काठमाडौ क्षैत्र नं १ को बुद्धनगरमा ‘घर घर जाउ कांग्रेस जिताउ अभियान’ अन्तर्गत कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनताको हित विपरितका सहयोग अस्वीकार्य रहेको बताएका हुन्।
सिंहले कम्युनिष्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएकाले ती विषयलाई नागरिकमा गएर बुझाउनु पर्ने बताए।
‘कम्युनिष्ट नेताहरुलाई जनतासँग एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर छन्। एमसीसीको विषयमा फैलिएको नकारात्मक हल्ला पछि नलाग्न म फेरि आग्रह गर्छु,’ उनले भने।
सिंहले स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुको दाबी आउन स्वभाविक भएको बताए। तर, दाबी गर्नेहरुले पार्टीको वैधानिक् प्रक्रिया पालना गर्न उनले आग्रह गरेका छन्।