PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

६ दिनपछि उठ्यो महानगर अघिको फोहोर, पोखराका सडक भने अझै दुर्गन्धित



पहिलोपोस्ट

६ दिनपछि उठ्यो महानगर अघिको फोहोर, पोखराका सडक भने अझै दुर्गन्धित

पोखरा : पोखरा महानगरपालिका कार्यालय अगाडि रहेको फोहोर आज उठेको छ। महानगरपालिकाले ६ दिनपछि आफ्नो कार्यालय अगाडि थुपरिएको फोहोरको डंगुर उठाएको हो।

कार्यालय अगाडीको फोहोर उठेपनि पोखराका बाँकी सडकमा भने फोहोर उठेको छैन। जसकारण पर्यटकीय नगरी पोखरा दुर्गन्धित भएको छ।

वडा १४ स्थित बाच्छीबुढुवामा रहेको ‘ल्यान्डफिल साइट’बारे स्थानीयसँग विवाद चुलिएपछि चैत्र १ गतेदेखि पोखरा भित्रको फोहोर नउठेको हो। बाच्छीबुढुवाका स्थानीयले महानगरपालिकाको फोहोर बोक्ने गाडी ‘ल्यान्डफिल साइट’मा प्रवेश गर्न रोक लगाएका छन्।

बाच्छीबुढुवाका स्थानीयले आफुहरुको माग सम्बोधन भए मात्र फोहोरको गाडी ल्यान्डफिल साइटमा प्रवेश गर्न दिने बताएका छन्।

महानगरपालिका भने तत्कालका फोहोर व्यवस्थापन गर्न आन्दोलित स्थानीयसँग वार्ता गर्ने पक्षमा छ।

महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले  समस्या समाधानका लागि छलफल भइरहेको बताए। उनले फोहोर व्यवस्थापनको जिम्मेवारी नागरिकको पनि भएको बताएका छन्।

भने,'महानगर कार्यालय अगाडिको फोहोर मात्र होइन सडकको पनि उठ्छ। हामी यही समस्या समाधान बारे छलफलमा छौँ। फोहोर व्यवस्थापन नागरिकको पनि दायित्व हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell