PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

४० दिने प्रहरी बन्न युवाको मोह, दर्खास्त दिनेको लाग्यो भिड

४० दिने प्रहरी बन्न युवाको मोह, दर्खास्त दिनेको लाग्यो भिड

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आजबाट म्यादी प्रहरीको भर्नाको लागि दर्खास्त दिन सुरु भएको छ। काठमाडौं उपत्यकाभित्रका तीनवटा प्रहरी परिसर कार्यालय र देशभरका सबै जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन युवाहरु पुगेका छन्।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले एक लाख जना म्याद प्रहरीको भर्ना आवेदन आह्वान गरेको छ।

चैत ६ गतेदेखि चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ। सबै प्रहरी कार्यालयबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका साधारण लेखपढ गर्न जान्ने व्यक्तिले समेत आवेदन दिन सक्नेछन्। ४० दिनको अवधिका लागि हुने पदपूर्तिको छनोट प्रक्रिया चैत १५ गतेदेखि प्रारम्भ हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell