PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

इन्डोनेसियालाई हराउँदै बंगबन्धु कप कबड्डीमा नेपालको सुखद सुरुवात



पहिलोपोस्ट

इन्डोनेसियालाई हराउँदै बंगबन्धु कप कबड्डीमा नेपालको सुखद सुरुवात
T Sports screenshot

काठमाडौं : बंगबन्धु कप कबड्डी च्याम्पियनसिपमा नेपालले इन्डोनेसियालाई हराउँदै सुखद सुरुवात गरेको छ। बंगलादेशमा आज सम्पन्न खेलमा नेपालले इन्डोनेसियामाथि ४७-१८ को अन्तरले जित निकाल्यो। पहिलो हाफमा २५-७ ले अघि रहेको नेपालले दोस्रो हाफको समाप्तीमा ४७-१८ को अग्रता कायम राख्दै फराकिलो जित निकाल्न सफल भयो। खेलको म्यानअफ दी म्याच नेपालका प्रदीप मिजार बने।

समूह 'बी' मा रहेको नेपालले दोस्रो खेलमा सोमवार साँझ इराकसँग प्रतिस्पर्धा गर्नेछ। र, मंगलवार केन्यासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा बंगलादेश, श्रीलंका, मलेसिया र इङ्ग्ल्याण्ड छन् भने समूह 'बी' मा केन्या, नेपाल, इन्डोनेसिया र इराक छन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

बंगलादेशमा रहेका नेपाली खेलाडीहरुमा कल्याण भुजेल, प्रवीण खड्का, नागेश्वर थारु, रन्जित गजमेर, रामु टमाटा, अजय मानन्धर, प्रदीप मिजार, कुमार लामा, बन्धु राणा र लालमोहन यादव रहेका छन्। त्यस्तै प्रशिक्षकमा पार्वती राई, अफिसियलमा प्रकाशप्रसाद शाह र अर्विन्दकुमार झा, व्यवस्थापक रामकेवल मुखिया तथा जजमा विनोद प्रजापति छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell