PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

त्रिभुवन विश्वविद्यालयमा आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार हुँदैन : शिक्षा मन्त्री



पहिलोपोस्ट

त्रिभुवन विश्वविद्यालयमा आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार हुँदैन : शिक्षा मन्त्री

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताएका छन्।

थापाथली इञ्जिनियरिङ क्याम्पसको ५६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय परम्परागत शैलीमा चल्न नहुने बताएका हुन्। यस्तै उनले विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सवलीकरणमा ध्यान दिन पनि निर्देशन दिएका छन्।

‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुनु भएन, अहिलेको युग सुहाउँदो हुनुपर्छ’, त्रिभुवन विश्वविद्यालयलाई लक्षित गर्दै उनले भने, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सवलीकरणमा ध्यान दिनुपर्छ।’

पौडेलले देश सुरुङमार्ग, लिफ्टिङ सिँचाइ, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै पूर्वाधार निर्माणमा इञ्जिनियरको बढी भूमिका हुने समेत बताए। त्यसैकारण उनले इञ्जिनियरिङ अध्ययनको गुणस्तार उकास्न पर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell