PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभालाई भूमिका दिएर संचालन गर्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष



पहिलोपोस्ट

प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभालाई भूमिका दिएर संचालन गर्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा संचालन नभएको समयमा राष्ट्रिय सभालाई भुमिकासहित संचालन गर्न व्यवस्था गरिनुपर्ने बताएका छन्। उनले विगतमा प्रतिनिधि सभा नहुँदा संसद बाहिरबाटै बजेट ल्याइएको उल्लेख गर्दै राष्ट्रिय सभा भएको बेलामा राष्ट्रिय सभाबाट पनि बजेट पारित गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

‘अब हामीले सोच्नुपर्ने विषय भनेको प्रतिनिधि सभा नभएको बेलामा पनि राष्ट्रिय सभा कसरी चलाउने भन्ने हो। किनकी यो परिकल्पना गरिएन,’ उनले केपी शर्मा ‌ओलीले प्रतिनिधिसभा विघटन गरेको समयको उदाहरण दिँदै भने, ‘विगतमा विघटन भयो अनि बजेट ल्याउनुपर्‍यो। बजेट ल्याउँदा राष्ट्रिय सभा छदैछ, तर बजेट के गरियो अर्थमन्त्रीले अध्यादेशबाट भाषण गरेर बाहिरतिरबाट ल्याउनुपर्‍यो।’

तिमिल्सिनाले प्रतिनिधि सभामा उत्पति भएर राष्ट्रिय सभामा आएका विधेयकहरुको ६० दिनभित्र निर्णय गरेर पठाउनुपर्ने व्यवस्था भएपनि प्रतिनिधि सभामा भने सो व्यवस्था नभएकाले २०७५ सालदेखिको विधेयकहरु प्रतिनिधि सभामा थन्किएको बताए। यसले गर्दा कानून निर्माण हुन नसकेको उनको भनाई छ।

अध्यक्ष तिमिल्सिनाले यो प्रतिनिधि सभा विघटन भएर चुनावतिर गएको अवस्थामा राष्ट्रिय सभाले मेहनत साथ पारीत गरेर पठाएका विधेयकहरु शुन्य अवस्थामा पुग्ने भएकाले आगामी दिनमा यस्ता विषयहरुमा ध्यान दिएर दुवै सदनलाई प्रभावकारी बनाउनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell