PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

एआइजी बढुवा सिफारिसमा असन्तुष्ट डिआइजीहरु लोकसेवा आयोगमा उजुरी दर्ता गर्दै



पहिलोपोस्ट

एआइजी बढुवा सिफारिसमा असन्तुष्ट डिआइजीहरु लोकसेवा आयोगमा उजुरी दर्ता गर्दै

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदको बढुवा सिफारिसमा असन्तुष्ट भएका प्रहरीले लोकसेवा आयोगमा पुगेर उजुरी दर्ता गराउने भएका छन्। डिआइजी धनश्याम अर्याल, इश्वरबाबु कार्की लगायतले आयोगमा पुगेर उजुरी दर्ता गराउने तयारी गरेका हुन्। डिआइजी कार्कीले उजुरी दर्ता गर्ने तयारी भएको बताएका छन्। 

चैत १ गते बढुवा समितिको बैठकले पहिलो नम्बरमा डिआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्रबहादुर धानुकको नाम सिफारिस गरेको थियो। पन्तले ७४ दशमलव ४३ अंक प्राप्त गरेका छन् भने सिंह र धानुकले क्रमश ७३ दशमलव १ र ७१ दशमलव ५८ प्राप्त गरेका हुन्।

बढुवामा सिफारिस भएका डिआइजी पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)  र धानुक कार्य एवम् अनुसन्धान विभागमा कार्यरत थिए। फागुनको पहिलो साता सरकारले‍ नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने निर्णय गरेको थियो।

आफु भन्दा कनिष्ठलाई एआइजीमा बढुवा सिफारिस गरेको भन्दै उनीहरुले उजुरी दिएका हुन्।

हाल नेपाल प्रहरीमा प्राविधिकसहित ६ जना एआईजीको दरबन्दी छ। एआइजीमा हरिबहादुर पाल, प्रधुम्‍न कार्की, निरजबहादुर शाही, विश्वराज पोखरेल, सहकुल थापा र प्राविधिकतर्फ डा. आशा सिंह कार्यरत छन्।

एआइजी थप गरेपछि हाल प्रहरीभित्र रहेका विभाग र ब्यूरोमा डिआइजीको ठाउँमा एआइजी राख्ने तयारी भइरहेको छ। तीन वटा दरबन्दी थप गर्ने निर्यण भएसँगै अब नेपाल प्रहरीमा एआईजीको संख्या ९ पुगेको छ। नेपाल प्रहरीमा दरबन्दी थप गरेर १६ जनासम्म एआइजी पुगेको रेकर्ड छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell