PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

हङकङमा संक्रमण दर घट्‍दै, नियम खुकुलो पार्न समीक्षा गर्दै सरकार



पहिलोपोस्ट

हङकङमा संक्रमण दर घट्‍दै, नियम खुकुलो पार्न समीक्षा गर्दै सरकार
सामाजिक दुरी कायम गर्दै खाना खाँदै हङकङका नागरिकहरु। Photo :SCMP

हङकङमा करिब २५ लाख नागरिक कोभिड-१९ बाट संक्रमित भएको हुन सक्ने त्यहाँका उच्च अधिकारीले जनाएका छन्। दैनिक संक्रमण दर घटिरहेको अवस्थामा यो संख्या आगामी साता देखि दैनिक एक हजार तल आउने बताइएको छ। युनिभर्सिटी अफ हङकङका प्रध्यापक युयेन नक युङले सरकारले यात्रा प्रतिवन्ध हटाउन सक्ने बताएका छन्।

साथै उनले भाइरस निर्मुल हुन नसक्ने भन्दै सर्वसाधरणलाई खोप लगाउन आग्रहसमेत गरेका छन्।

यसैबिच हङकङ सरकारका प्रमुख क्यारि लामले सोमवार नयाँ नियम लागु गर्ने तयारी गरिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। आइतवार उनले प्रतिबन्धात्मक नियमहरुलाई केही खुकुलो पार्ने र लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा बसी संक्रमण मुक्त हुने अवसर दिइने बताइन्।

७४ लाख जनसंख्या भएको हङकङमा १० लाख नागरिकमा संक्रमण पुष्टि भइसकेको छ। मार्चको सुरुवातमा हङकङमा दैनिक ५० हजारको हाराहारीमा नयाँ केस पुष्टि भएका थिए। यो आइतवारसम्म आइपुग्दा १६ हजार ५८३मा झरेको थियो।

प्रमुख लामले जिम्मेवार सरकारको नाताले सरकारले नियमन गर्नुपर्ने र त्यस्ता नियमहरुको समिक्षा भइरहने बताएकी छन्। उनले कडाइका नियमलाई खुकुलो पार्न सक्ने ठाउँ छन् की भनेर समीक्षा भइरहेकोसमेत जानकारी गराइन्।

हङकङमा शनिवारसम्म पाँच हजार ४३७ जना कोभिड-१९संक्रमितको मृत्यु भइसकेको छ। जुन मुख्य भूमि चीन भन्दा बढी हो। हालसम्म मुख्यभुमी चीनमा चार हजार ६३८ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell