PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

पौडी खेल्ने क्रममा नारायणी नदीमा एक किशोर बेपत्ता



रासस

पौडी खेल्ने क्रममा नारायणी नदीमा एक किशोर बेपत्ता
फाइल फोटो।

नवलपुर : नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिका-१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका-९ घर भई देवचुलीस्थित आफन्तको घरमा आएका १६ वर्षीय नवराज श्रेष्ठ आज बिहान बेपत्ता भएका हुन्।

पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको अवस्था अज्ञात रहेका कारण उनको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए।

पौडी खेल्दा बेपत्ता भएको स्थान र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य तीव्र पारिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell