PahiloPost

Jul 3, 2024 | २० असार २०८१

पार्टी कार्यालय बाहिर नेविसंघको प्रदर्शन



पहिलोपोस्ट

पार्टी कार्यालय बाहिर नेविसंघको प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले पार्टीको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेको छ। आइतवार सानेपामा नेविसंघले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेको हो।

नेविसंघ संघर्ष समितिले नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई विधानसम्मत मागहरु पूरा गर्न ज्ञापनपत्र बुझाएको हो।

नेविसंघका पूर्व केन्द्रिय सदस्य अनिल खनालले बलियो पार्टी निर्माणको लागि नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको आवश्यक्ता भएको बताए।

कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रको बारेमा पार्टी सभापतिलाई जानकारी गराउने प्रतिवद्धता जनाएका थिए। उनले पार्टी सभापतिले गरेको निर्णयलाई सबै जिल्लाका पार्टी निकट भातृसंगठनले स्वीकार्ने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell