PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अभिनेत्री प्रियंका कार्की सिआइबीमा, 'क्रिप्टोकरेन्सी' जोडिएको घटनामा अनुसन्धान



पहिलोपोस्ट

अभिनेत्री प्रियंका कार्की सिआइबीमा, 'क्रिप्टोकरेन्सी' जोडिएको घटनामा अनुसन्धान

काठमाडौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धानको लागि कलाकार प्रियंका कार्कीलाई बोलाएको छ। क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्नको लागि उनलाई बोलाएको हो।

आइतबार दिउँसो कार्की ब्युरोमा पुगेकी छिन्।

'अहिले सोधपुछ भइरहेको छ। के भएको हो भन्ने बुझ्दै छौँ,' एक प्रहरी अधिकृतले भने।

सामाजिक सञ्जालमा प्रयोग भएको एक फोटोमा प्रियंकाले क्रिप्टोलाई प्रमोसन गर्ने हिसाबले पोस्ट भएको देखिएपछि उनी अनुसन्धानमा तानिएकी हुन्। उनी आफैँले बनाएर पोस्ट भएको हो वा अन्य मानिसले नै बनाए पोस्ट गरेको भन्ने बुझ्नको लागि उनलाई प्रहरीमा बोलाइएको हो।

यस्तो गतिविधि गरेको पुष्टि भएमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ अनुसार दण्ड सजाय हुने छ। कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell