PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कांग्रेस वाग्मती प्रदेश समितिमा १६ जना मनोनीत



पहिलोपोस्ट

कांग्रेस वाग्मती प्रदेश समितिमा १६ जना मनोनीत

काठमाडौं : नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन्। पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनीत गरेका हुन्।

मनोनीत हुनेमा सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ, नुवाकोटबाट अर्जुन न्यौपाने र कल्पना नेपाली छन्।

यस्तै, धादिङबाट तीलकप्रसाद रुवाली, काठमाडौंबाट छिरिङदोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी र भगवतीकुमारी खड्का पनि मनोनीत भएका छन्।

ललितपुरबाट भने रमेशकुमार वखती र राजेश महर्जन तथा दोलखाबाट प्रभुराम श्रेष्ठलाई मनोनीत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell