PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सिआइबीमा अभिनेत्री प्रियंका कार्कीसँग सोधपुछ, जिम्मा जमानीमा छाड्यो प्रहरीले



पहिलोपोस्ट

सिआइबीमा अभिनेत्री प्रियंका कार्कीसँग सोधपुछ, जिम्मा जमानीमा छाड्यो प्रहरीले

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले जिम्मा जमानीमा छाडेको छ। 

क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्नको लागि उनलाई बोलाएको थियो। आइतबार दिउँसो कार्की ब्युरोमा पुगेकी थिइन्। सामाजिक संजालमा प्रयोग भएको एक फोटोमा प्रियंकाले क्रिप्टोलाई प्रमोसन गर्ने हिसाबले पोस्ट भएको देखिएपछि उनलाई अनुसन्धानको लागि बोलाइएको प्रहरीले जनाएको छ।

सोधपुछका क्रममा प्रियंकाले आफ्नो फोटो दुरुपयोग भएको बताएकी छिन्। प्रियंकालाई सोधपुछ पछि जिम्मा जमानीमा आज छाडेको डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए।

नेपालमा क्रिप्टो कारोबार गर्न बन्देज छ। यस्तो गतिविधि गरेको पुष्टी भएमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ अनुसार दण्ड सजाय हुने व्यवस्था छ। कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell