PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न एमालेले बोलायो पोलिटब्युरो बैठक



पहिलोपोस्ट

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न एमालेले बोलायो पोलिटब्युरो बैठक

काठमाडौं : नेकपा (एमाले)ले पोलिटब्युरो बैठक बोलाएको छ। बैठक सोमवार बिहान ११ बजे कार्की बैंक्वेटमा बोलाइएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

समसामयिक राजनीतिक परिस्थिति र स्थानीय तहको चुनावलगायत बैठकका एजेण्डा रहेको उनले बताए। एमालेमा ९९ जनाको पोलिटब्युरो छ। महाधिवेशनपछि पोलिटब्युरोको पहिलो बैठक बस्न लागेको हो।

निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको चुनावको कार्यतालिका सर्वजनिक गरेपछि एमालेको बैठक बस्दै छ। निर्वाचन कार्यतालिकापछि एमालेसहितका दलहरुले उम्मेद्वार छनोटको मापदण्ड लगायतका विषयमा आन्तरिक गृहकार्य गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell