PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

यातायात कार्यालयमा हुनुपर्ने सवारी दर्ता अभिलेख कसरी पुग्यो व्यक्तिको हातमा?



पहिलोपोस्ट

यातायात कार्यालयमा हुनुपर्ने सवारी दर्ता अभिलेख कसरी पुग्यो व्यक्तिको हातमा?

काठमाडौँः महानगरीय प्रहरी परिसर ललितपुरले सवारी पास भइसक्दा पनि खरिदकर्तालाई सवारीसाधन नदिएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। चितवन स्थायी घर भएका मनोज बास्तोलालाई प्रहरीले आइतबार शंखमूलबाट पक्राउ गरेको हो।

शेरसिंह थापाको जाहेरीमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको हो। सवारी पास भएको भनी आठ लाख ५० हजार रुपैयाँसमेत लिएको तर सवारीसाधन उपलब्ध नगराएको भन्ने थापाको जाहेरीका आधारमा बास्तोलालाई पक्राउ परेका हुन्। 

चेकजाँचका क्रममा यातायात व्यवस्था कार्यालय वाग्मती लेखिएको रजिस्टर समेत फेला परेको र विभिन्न सवारीको दर्ता उल्लेख भएको प्रहरीको भनाई छ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा रहनुपर्ने सरकारी कार्यालयको सवारी दर्ता गर्ने अभिलेख व्यक्तिसँग के कसरी भयो भनी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

बास्तोलालाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell