PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मती प्रदेश खेलकुद: मकवानपुरलाई पुरुष फुटबलको उपाधि



पहिलोपोस्ट

वाग्मती प्रदेश खेलकुद: मकवानपुरलाई पुरुष फुटबलको उपाधि

हेटौंडा: प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ।

आज हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाईनल खेलमा ट्राईब्रेकरमा मकवानपुरले ललितपुरलाई ३–० गोलअन्तरले पराजित गरेको हो।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको थियो।

मकवानपुरका अनिश देउला ‘म्यान अफ द म्याच’ चुनिए। मकवानपुरकै समिरराज थोकर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। चैत २९ गतेदेखि सुरु फुटबलमा १३ जिल्लाले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

विजेता बनेको मकवानपुरले शिल्ड, एक लाख नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता ललितपुरले शिल्ड, ८० हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । विजेता उपविजेतालाई नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले शिल्ड, नगद र प्रमाणपत्र प्रदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell