PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

आफूले बोल्ने समयमा पत्रकार नबसेपछि प्रदेश प्रमुख शेरचनको गुनासो, ‘यो बुढाले के बोल्ला भनेर नबसेको होला’



पहिलोपोस्ट

आफूले बोल्ने समयमा पत्रकार नबसेपछि प्रदेश प्रमुख शेरचनको गुनासो, ‘यो बुढाले के बोल्ला भनेर नबसेको होला’

सौरहाः आइतबार आदिवासी जनजाति पत्रकार महासंघको सातौं महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि थिए लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन। चितवनको सौराहास्थित थारु कल्चर होटलमा आयोजित कार्यक्रमको अन्तिम वक्ता थिए प्रदेश प्रमुख शेरचन।

आफ्नो मन्तव्य राख्ने क्रममा पत्रकार धमाधम हलबाट बाहिरिएपछि शेरचनले गुनासो पोख्न थाले।

'कुनै नेता बसेको भए। ब्यानर न्युज बन्ने भएको भए बस्थे होला कार्यकारी केही छैन। यो बुढाले के बोल्ला भनेर नबसेको होला', शेरचनले भने।

करिब आधा बढी धारणा राखेका शेरचनले भ्रष्टाचारविरुद्ध पत्रकारले कलम चलाउनै छाडेको दाबी गरे।

'पत्रकारहरुमा पनि लेख्दै नलेख्ने गलत संस्कार बसेको छ', शेरचनले भने।

आफू मन्त्री बन्दाको घटना स्मरण गर्दै शेरचनले घुस खुवाउन खोज्नेलाई आफूले बर्खास्त गरेको बताए।

'अन्तरिम सरकारमा इच्छा नहुँदा नहुँदै म गएँ। बडा दशैंमा करोडौँ खर्च हुने रहेछ। देशको आर्थिक अवस्था कमजोर हुनुको कारण भ्रष्टाचार हो। यो हाम्रो देशको लागि क्यान्सर हो', शेरचनले थपे, 'म मन्त्री भएको बेला पैसाको पोका ल्याएछ। रेकर्ड गरेँ। साले भनेर गाली गरेँ। मलाई भ्रष्टाचारी बनाउने भनेर तत्कालै बर्खास्त गरे। स्वास्थ्यमा त यस्तो छ। यस्तो कुरा बाहिर नल्याउनु पत्रकारिताको कमजोरी हो। निसंकोच अघि बढ्नुस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell