PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एल क्लासिको: घरेलु मैदानमा रियल मड्रिडको लज्जास्पद हार



पहिलोपोस्ट

एल क्लासिको: घरेलु मैदानमा रियल मड्रिडको लज्जास्पद हार
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न एल क्लासिको (महाभिडन्त) मा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ। सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली मड्रिडमाथि ४-० को फराकिलो जित निकालेको हो।

बार्सिलोनाको जितमा पिअरे एम्रिक औबुमेयाङले दोहोरो गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले समान १ गोल गरे।

खेलको २९ औं मिनेटमा ओस्माने डेम्बेलेको पासमा गोल गर्दै औबुमेयाङले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ३८ औं मिनेटमा डेम्बेलेकै पासमा अराउजोले गोल गर्दा पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा टोरेसले औबुमेयाङ औबुमेयाङको पासमा गोल थपे। उनले ४७ औं मिनेटमा गोल गर्दा ५१ औं मिनेटमा फेरि टोरेसको पासमा औबुमेयाङले गोल गरे। र, बार्सिलोनाले ४-० को फराकिलो अन्तरले खेल आफ्नो पक्षमा पार्‍यो।

यसअघिका पाँचवटा एल क्लासिको जितेको रियल मड्रिड २९ खेलबाट ६६ अंक जोड्दै तालिकाको शीर्षस्थानमा कायम छ। आजको जितसँगै २८ खेलबाट ५४ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell