PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नेपाल र यूएई भिड्दै, चुनौती फेरि ब्याटिङकै



पहिलोपोस्ट

नेपाल र यूएई भिड्दै, चुनौती फेरि ब्याटिङकै
फाइल फोटो: आईसीसी

काठमाडौं: विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। शुक्रवारको खेलमा यूएईसँगै पराजय ब्यहोरेको नेपालले दोस्रो पटक फेरि यूएईकै सामना गर्न लागेको हो। खेल मध्यान्ह सवा ११ बजे यूएईस्थित दुबई क्रिकेट मैदानमा सुरु हुनेछ।

यी दुई टोलीले ५ वटा एकदिवसीय खेल खेलेका छन्, जसमा यूएईले तीन जित निकाल्दा नेपालले २ खेलमा जित निकालेको छ। जारी सिरिजमै यूएईसँगको पहिलो भेट नेपालले फितलो ब्याटिङ गर्दा यूएईले दिएको सामान्य लक्ष्य पछ्याउन सकेन। टी २० विश्वकप छनोटयता नै मध्यक्रममा आस्रित नेपालको समस्या ब्याटिङ लाइनमा देखिएको छ।

अघिल्लो खेलमा  टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपाल ३५.१ ओभरमा १ सय २० रनमा समेटियो। एकदिवसीय क्रिकेटमा यो एकदमै कमजोर ब्याटिङ हो। त्यसअघिको खेलमा नेपालले पपुवा न्युगिनीलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। यूएई भने पछिल्लो खेलमा पपुवान्युगिनीसँग पराजित भएको थियो।

सात देश सम्मिलित लिग २ मा २८ खेलबाट ३६ अंक जोडेको ओमन शीर्षस्थानमा छ भने १७ खेलबाट २० अंक जोडेको यूएई दोस्रो स्थानमा छ। त्यस्तै क्रमश १६, १४ र १४ अंक जोडेका स्कटल्याण्ड, अमेरिका र नामिबिया तेस्रो चौथो र पाँचौं स्थानमा छन्। नेपाल भने १० खेलबाट १० अंक जोड्दै छैटौं स्थानमा रहँदा २ अंक जोडेको पपुवान्युगिनी तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell