PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

बंगबन्धु कबड्डी: लगातार दोस्रो जितको खोजीमा इराकसँग भिड्दै नेपाल



पहिलोपोस्ट

बंगबन्धु कबड्डी: लगातार दोस्रो जितको खोजीमा इराकसँग भिड्दै नेपाल
कबड्डीमा इन्डोनेसिया विरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल (नीलो) । तस्बीर: राखेप

काठमाडौं: बंगबन्धु कप कबड्डी च्याम्पियनसिपमा नेपालले आज इराकको सामना गर्दैछ। बंगलादेशमा जारी प्रतियोगितामा आफ्नो पहिलो खेलमा इन्डोनेसियामाथि सानदार जित निकालेको नेपाल आज दोस्रो जितको खोजीमा इराकसँग साँझ पौने ६ बजे भिड्नेछ।

आइतवार सम्पन्न समूह 'बी'को खेलमा खेलमा नेपालले इन्डोनेसियालाई ४७-१८ को अन्तरले हराएको थियो। पहिलो हाफमा २५-७ ले अघि रहेको नेपालले दोस्रो हाफको समाप्तीमा ४७-१८ को अग्रता कायम राख्दै फराकिलो जित निकाल्न सफल भयो।

प्रतियोगितमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा बंगलादेश, श्रीलंका, मलेसिया र इङ्ग्ल्याण्ड छन् भने समूह 'बी' मा केन्या, नेपाल, इन्डोनेसिया र इराक छन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

बंगलादेशमा रहेका नेपाली खेलाडीहरुमा कल्याण भुजेल, प्रवीण खड्का, नागेश्वर थारु, रन्जित गजमेर, रामु टमाटा, अजय मानन्धर, प्रदीप मिजार, कुमार लामा, बन्धु राणा र लालमोहन यादव रहेका छन्। त्यस्तै प्रशिक्षकमा पार्वती राई, अफिसियलमा प्रकाशप्रसाद शाह र अर्विन्दकुमार झा, व्यवस्थापक रामकेवल मुखिया तथा जजमा विनोद प्रजापति छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell