PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

बैतडीमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाइते



पहिलोपोस्ट

बैतडीमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं : बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्। मृत्यु हुनेमा सुर्नया गाउँपालिका-३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-६ मा से१ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको थियो। दुर्घटनामा सख्त घाइते चन्दको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा सुर्नया गाउँपालिका-३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया विमला चन्द र २३ वर्षीया पार्वती विष्ट घाइते भएका छन्। माधवी, वसन्ती र कलावतीको डडेल्धुरा अस्पतालमा तथा विमला र पार्वतीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको मिनी ट्रक सडकको नालीमा पल्टिएको हो। ट्रक चालक पाटन नगरपालिका-४ का वीरेन्द्र खत्री फरार छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell