काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्ण पौडल चीन प्रस्थान गरेका छन्। पौडेल 'इकोनोमिक कोअप्रेशन तथा कल्चरल एक्सचेन्ज कार्यक्रममा सहभागी हुन चीन गएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य मीनासिंह रखाल पनि पौडेलसँगै चीन प्रस्थान गरेका छन्। पौडेल नेतृत्वको टोली चैत १४ गते नेपाल फर्किने रिजालले जानकारी दिएका छन्।
चीनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाउन भूमिका खेल्दै आएको बताइन्छ। सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले माओवादी एकता बदर गर्ने फैसलापछि पनि दुई पार्टीलाई मिलाउन चिन सक्रिय भए पनि सफल नभएको राजनीतिक वृतमा चर्चा छ।