PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

'मन्त्र' को ट्रेलरमा सौगात र दियाको प्रेमकथा



पहिलोपोस्ट

'मन्त्र' को ट्रेलरमा सौगात र दियाको प्रेमकथा

काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘मन्त्र’ को ट्रेलर सार्वजनिक भएको छ। खिलबहादुर गुरुङको निर्देशन रहेको यस फिल्ममा हिमाली भेगको प्रेम कथा समेटिएको छ।

फिल्मको ट्रेलरमा सौगात र दिया पुनको प्रेमकथालाई देखाइएको छ। यस फिल्ममार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन सेयर गरेका हुन्।

यो फिल्म मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको निर्माण टिमले जनाएको छ। फिल्ममा बुद्धि तामाङ, नमिता घिसिङ्, बिर बहादुर लामा, पासाङ् टि शेर्पा लगायतका कलाकारहरूको अभिनय छ। यो फिल्म आगामी वैशाख १६ गते प्रदर्शन हुने तय भएको छ।

फिल्मको कथा साम्तेन भुटिया, सुनिल नेउरे र परिच्छेद सेनले लेखेका हुन्। रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी रहेको फिल्ममा देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell