PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

रामचन्द्र पौडेलको दाबी : व्यास नगरमा पूर्वाधार निर्माण कांग्रेसकै कारण भएको हो



पहिलोपोस्ट

रामचन्द्र पौडेलको दाबी : व्यास नगरमा पूर्वाधार निर्माण कांग्रेसकै कारण भएको हो

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको दाबी गरेका छन्। कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा पौडेलले कांग्रेसकै नेतृत्वमा विकासमा फड्को मारेको बताएका हुन्।

उनले तनहुँको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको समेत बताएका छन्। जिल्लालाई विकासमा नमूना बनाउन प्रयत्नरत रहेको नेता पौडेलको भनाइ थियो।

‘खानेपानी, शिक्षा, सडक, स्वास्थ्य, पूर्वाधार निर्माणका जति पनि काम भएका छन्, त्यो कांग्रेसकै नेतृत्वमा भएको हो। अझै गर्नुपर्ने धेरै काम छन्। बाँकी काम पनि पूरा गर्छौं,’ उनले भने, ‘व्यासमा थुप्रै पूर्वाधार बनेको छ। कांग्रेसले जितेका कारण यो सम्भव भएको हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell