PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

युक्रेन रसिया युद्ध : केमिकल प्लान्टबाट चुहियो अमोनिया



पहिलोपोस्ट

युक्रेन रसिया युद्ध : केमिकल प्लान्टबाट चुहियो अमोनिया
Photo : Getty Images

युक्रेन र रसियाबिचको युद्ध २६ औ दिनमा प्रवेश गरेको छ। रसियाले पूर्वी युक्रेनका दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेसँगै सुरु भएको युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन्। हजारौंको संख्यामा मानिसको मृत्यु भएको छ।

युक्रेनका विभिन्न शहरमा युद्ध जारी रहँदा उत्तर पूर्वी शहरमा रहेको एक केमिकल प्लान्ट (रसायन संयन्त्र)बाट अमोनिया ग्यास निस्किएको बीबीसीले उल्लेख गरेको छ।

अमोनिया ग्यास ‘लिक’ भएसँगै सुमीखिंप्रोम संयन्त्र रहेको पाँच किलोमिटर क्षेत्रमा बस्दै आइरहेकाहरुलाई तत्‍काल अन्यत्र जान भनिएको छ। अमोनिया निकै खतरनाक ग्यास भएको भन्दै अधिकारीहरुले उक्त क्षेत्र खाली गराउन लागेका हुन्।

ग्यास कसरी चुहावत भयो भन्ने बारे यकिन हुन सकेको छैन।

एक साता अघि युद्धकै क्रममा युक्रेनमा रहेको युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टमा आगलागी भएको थियो। पछि आगो नियन्त्रणमा लिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell