PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

चैत ११ र १२ गते कीर्तिपुरमा नेपालभाषा साहित्य नख: आयोजना हुने



पहिलोपोस्ट

चैत ११ र १२ गते कीर्तिपुरमा नेपालभाषा साहित्य नख: आयोजना हुने

काठमाडौं : चौथो नेपालभाषा साहित्य नख: कीर्तिपुरमा आयोजना हुने भएको छ। चैत ११ र १२ गते आयोजना हुने महोत्सवमा नेपालभाषाका पुस्तकहरु विमोचनका साथै विभिन्न विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना हुनेछ।

नेपालभाषा टाइम्सले विगत पाँच वर्षदेखि नेपालभाषा साहित्य नख: आयोजना गर्दै आइरहेको छ। यसपटकको नख: मा ‘नेवा: ऋतु म्ये’ विषयमा वरिष्ठ संगीतकर्मी रामकृष्ण दुवालसँग अन्तर्क्रिया समेत हुनेछ। कीर्तिपुरको संस्कृतिक सम्पदा र पर्यटकीय सम्भावना र नेपालभाषा पठनपाठनले साहित्यलाई कसरी टेवा दिन्छ भन्ने विषयमा पनि अन्तर्क्रिया हुनेछ।

यस्तै, विद्यालय तहमा नेपालभाषामा पाठ्यक्रमको व्यवस्था गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललतिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती खड्का रिजाललाई सम्मानित गर्ने कार्यक्रम रहेको छ।

महोत्सवमा नेपालभाषाका नाटक, गीत, कविता समेत प्रस्तुत गरिनेछ। पहिलो दिन चैत ११ गते कीर्तीपुर लायकूमा आयोजना हुनेछ। यस्तै, चैत १२ गते शनिवार भने कीर्तिपुरकै पांगा लाछिमा कार्यक्रम हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell