PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

आमा बुवा बन्दै अभिनेत्री सोनम र आनन्द



पहिलोपोस्ट

आमा बुवा बन्दै अभिनेत्री सोनम र आनन्द

बलिउड अभिनेत्री सोनम कपूर आमा बन्ने भएकी छिन्। सोनमले इन्स्टाग्राममार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्।

इन्स्टाग्राममा बेबी बम्पको एक तस्वीर सेयर गर्दैँ सोनमले आमा बन्न लागेको खुसी साटेकी छिन्। फोटोमा उनी श्रीमान आनन्द आहुजासँगै देखिन्छिन्।

‘चार हात, जसले राम्रो तरिकाले तिमीलाई हुर्काउन सकुँ। दुई मुटु, जो तिम्रै लागि धड्किरहको छ। एक परिवार जसले तिमीलाई माया र सहयोग दिन्छ। हामी तिम्रो आगमनको प्रतिक्षामा छौं’ उनले लेखेकी छिन्।

सोनम कपूरले सन् २०१८ मा व्यापारी आनन्द अहुजासँग प्रेम विवहा गरेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell