PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

चैत ११ गते चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, प्रचण्ड र ओलीसँग पनि भेट्ने



पहिलोपोस्ट

चैत ११ गते चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, प्रचण्ड र ओलीसँग पनि भेट्ने
Photo : Xinhua

काठमाडौं : चीनका विदेश मन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी चैत ११ गते नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै वाङको तीनदिने भ्रमणको कार्यक्रम रहेको जनाएको हो।

नेपाल बसाइका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

यस्तै, वाङ र नेपाली समकक्षी डा नारायण खड्काबिच चैत १२ गते द्विपक्षीय वार्ता हुनेछ।

वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।

वाङ चैत १३ गते स्वेदश फर्किनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell