PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

मलद्वारमा लुकाएको एक किलो भन्दाबढी सुनसहित भारतीय नागरिक विमानस्थलबाट समातिए



पहिलोपोस्ट

मलद्वारमा लुकाएको एक किलो भन्दाबढी सुनसहित भारतीय नागरिक विमानस्थलबाट समातिए

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध रूपमा भित्र्याएको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

आइतवार नेपाल एयरलाइन्सदेखि दुबईबाट काठमाडौं आएका ३८ वर्षीय शुभम् मेहरालाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट प्रहरीले १ किलो २ सय ६८ ग्राम सुन बरामद गरेको छ। विमानस्थलबाट बाहिरिन लागेका मेहरालाई नियन्त्रणमा लिई शौचालयमा लगेर शौच गर्न लगाउँदा मलद्वारबाट सुन बरामद गरिएको हो। हरियो रङ्गको टेपले बेरिएको सेतो रङ्गको प्लास्टिकभित्र सुनको पोका दुई थान भेटिएको थियो।

घटनाको थप अनुसन्धान गर्न उनलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा बुझाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell