PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मुस्तफाको अर्धशतकको सहयोगमा यूएईले नेपाललाई दियो २ सय ३ रनको लक्ष्य, सन्दीपले लिए तीन विकेट



पहिलोपोस्ट

मुस्तफाको अर्धशतकको सहयोगमा यूएईले नेपाललाई दियो २ सय ३ रनको लक्ष्य, सन्दीपले लिए तीन विकेट
फाइल फोटो

काठमाडौं: विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजमा आज जारी खेलमा यूएईले नेपाललाई २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनाएको हो।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको यूएईलाई मोहम्मद वसीम र चिराग सुरीले ५७ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए। वसीमले ३३ रन बनाउँदा सुरीले २६ रन तथा बृत्य अरविन्दले २४ रन बनाए। त्यसपछिका ब्याट्सम्यानहरुको प्रदर्शन कमजोर रहँदा रोहन मुस्तफाले पारी सम्हाल्दै सर्वाधिक ६० रन बनाए। त्यस्तै अलिसान शरफूले २१ रन बनाउँदा बसील हमीदले १७ रन जोडे।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा सोमपाल कामी र करण केसीले समान २ विकेट लिए। त्यस्तै दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell