PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

२१ दिनपछि प्रहरीले पल शाहविरुद्धको अनुसन्धान सकायो, अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा



पहिलोपोस्ट

२१ दिनपछि प्रहरीले पल शाहविरुद्धको अनुसन्धान सकायो, अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा

काठमाडौं : जिल्ला प्रहरी कार्यालय तनहुँले कलाकार पल शाहविरुद्धको अनुसन्धान सकाएको छ। २१ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर आज प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो।

'केही समयअघि मात्र अभियोग पत्र आएको छ। हेरेर दर्ता गर्ने तयारीमा छौँ,' सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने।

एक किशोरीले आफूलाई जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता गराएपछि फागुन १५ गते कलाकार शाहलाई प्रहरी नियन्त्रणमा लिएको थियो। २१ दिनसम्म प्रहरीले प्रतिवादी शाह, घटनासँग जोडिएका अन्य मानिससँग बयानदेखि अन्य प्रमाण सङ्कलन गरेर सरकारी वकिल कार्यालयमा बुझाएको हो। अब सरकारी वकिल कार्यालयले प्रतिवेदनको अध्ययन गरेर चित्त बुझेमा जिल्ला अदालत तनहुँमा शाहविरुद्ध मुद्दा दर्ता हुनेछ।

उस्तै प्रकृतिको अर्को घटनामा शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा पनि मुद्दा दर्ता भइसकेको छ। १४ वर्षसम्म कैद र ४ लाख रुपैयाँ क्षतिपूर्ति माग दावीसहित गत बिहीवार मुद्दा दर्ता भएको हो। शाहले १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको उजुरी दर्ता भएको थियो। नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका बालिकासँग यौन सम्पर्क गर्नु गैरकानुनी मानेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell