PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

बिमस्टेक सम्मेलनमा देउवाले भर्चुअल रुपमा सहभागिता जनाउने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय



पहिलोपोस्ट

बिमस्टेक सम्मेलनमा देउवाले भर्चुअल रुपमा सहभागिता जनाउने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
फाइल फोटो।

काठमाडौं : सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रवन्धकमा प्रेमराज भण्डारीलाई नियुक्त गरेको छ। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई महाप्रवन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै कार्कीले विद्युत नियमन आयोगको रिक्त सदस्य पदमा गौतम डंगोललाई नियुक्त गरिएको बताए। ५औँ बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक बडापत्र लगायत अन्य दस्तावेजहरुमा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृति दिने पनि निर्णय भएको उनले बताए।

श्रीलंकाको कोलम्बोमा चैत्र १६ मा आयोजना हुने बिमस्टेक सदस्य राष्ट्रहरुको ५औँ शिखर सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रुपमा सहभागिता जनाउन लागेका छन्।

यस्तै, सरकारले आगामी २०७९ जेठ १९ गतेदेखि २० गतेसम्म स्वीडेनको स्टक होममा हुने एलडीसी इन्गेजमेण्ट स्ट्राटेजी कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री रामशाह प्रसाद यादव र सचिव डा प्रेम नारायण कँडेललाई स्वीकृति दिने निर्णय गरेको छ।

चैत्र १४ गते दुबईको एट्लान्टिस द पार्ममा हुने हाई लेभल सेग्मेण्ट अफ द मिडिल स्टिल अफ द अफ्रिका क्लाइमेट विक २०२२ एमइएनएसीडब्ल्यू सम्बन्धि कार्यक्रममा सहभागी हुन बन तथा वातावरण मन्त्री रामशाह प्रसाद यादवलाई स्वीकृति दिने निर्णय पनि भएको कार्कीले जानकारी दिए।

चैत्र १० देखि १३ गतेसम्म भारतको हैदराबादमा आयोजना हुने विङ्स इण्डिया २०२२ नामक कार्यक्रम र चैत्र ११ गते आयोजना हुने मिनेस्टिरियल क्लिनरी सेसनमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृति दिने पनि मन्त्रिपरिषद्को निर्णय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell