PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लेटाङ घटना : छात्राको सुरक्षा माग गर्दै विप्लव निकट विद्यार्थीको प्रदर्शन

लेटाङ घटना : छात्राको सुरक्षा माग गर्दै विप्लव निकट विद्यार्थीको प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीहरुले मोरङको लेटाङमा भएको घटनाको विरोधमा प्रदर्शन गरेका छन्। माइतीघरमा विद्यार्थीहरुले छात्राको सुरक्षाको ग्यारेन्टी माग्दै धर्ना दिएका हुन्।

गत शुक्रबार लेटाङ नगरपालिका ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्यानरत एक बालिकालाई यौन दूर्व्यवहार गरेको घटना बाहिरिएको थियो। होली खेल्ने क्रममा शिक्षकले दूर्व्यवहार गरेका थिए।

 त्यसपछि स्थानीय शिक्षक पौडेलप्रति आक्रोशित बनेका थिए। त्यही क्रममा आइतवार विद्यालय घेरा हालेर शिक्षकलाई कुटपिट गर्ने जस्ता गतिविधि बढेपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। आरोपीलाई प्रहरीले बचाउन खोजेको भन्दै भिडले प्रहरीमाथि आक्रमण गरेको थियो।

विद्यालयमा रहेका आरोपी शिक्षकलाई लिएर जाने क्रममा प्रहरीमाथि आक्रमण भएको थियो। आक्रमणबाट एकजना महिला प्रहरीको मृत्यु भएको थियो।

अहिले जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ क्षेत्रमा कर्प्यू जारी गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell