PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

ओलीलाई निर्वाचन आयोगको जवाफ : स्थानीय तहमा कसैले पनि उम्मेद्वारी दिनबाट वञ्चित नहुन् भनेर दुई दिन मनोनयन



पहिलोपोस्ट

ओलीलाई निर्वाचन आयोगको जवाफ : स्थानीय तहमा कसैले पनि उम्मेद्वारी दिनबाट वञ्चित नहुन् भनेर दुई दिन मनोनयन

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा कुनै पनि उम्मेदवार मनोनयन गर्नबाट नछुटुन् भनेर दुई दिन मनोनयनका लागि समय छुटयाएको जनाएको छ। 

स्थानीय तहको निर्वाचनमा दुई दिन उम्मेद्वारी मनोनयनको समय तोकिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएका थिए। सोमवार एमालेको पोलिटव्युरो बैठकमा निर्वाचन आयोग प्रति प्रश्न गर्दै उनले दुई दिनको मनोनयनबारे आक्रोश व्यक्त गरेका थिए। ओलीले आयोग सत्तारुढ गठबन्धनसँग मिलेर एमालेविरुद्ध लागेको समेत बताएका थिए।

सम्बन्धित समाचार : निर्वाचन आयोगविरुद्ध आक्रामक ओली : लगाए गठबन्धनसँग मिलेमतोको आरोप, मनोनयन दुई दिन किन राखियो ?

आज आयोगले नियमित पत्रकार सम्मेलन मार्फत ओलीलाई जवाफ फर्काएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पालिकामा उम्मेद्वारको संख्या धेरै हुने भएकाले मनोनयका लागि दुई दिनको समय तोकिएको बताएका हुन्।

भने,'पालिकामा ३०/३२ वटा वडा छ। हरेक वडामा ७ जनाले दर्ता गर्छन्। एउटा पालिकामा कति उम्मेद्वार होलान? ति उम्मेद्वारको मनोनयनलाई चेकजाँच गर्न कार्यालयलाई असहज हुने स्थिति देखियो भने कुनै पनि उम्मेद्वार उम्मेद्वारी दिने अधिकारबाट वञ्चित नहोस भन्ने हिसाबले गरिएको हो,'उनले भने। 

निर्वाचन आयोगले उम्मेद्वारको मनोनयनको समय ११ र १२ गतेका लागि तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell