PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

डोटीमा बस दुर्घटना, ४ जना घाइते 



पहिलोपोस्ट

डोटीमा बस दुर्घटना, ४ जना घाइते 

कैलाली : डोटीमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो।

दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए।

डोटीको घाङगलबाट कैलालीको जोशीपुरका लागि छुटेको ना ४ ख ३६०७ नम्बरको बस अलाडी स्थित मोहन्याल मन्दिर नजिक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बसमा २२ जना सवार थिए।

घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बस दुर्घटनाका कारण भने खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell