PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

विइङ ह्युमनका सञ्चालक बख्रेलसहित चार जना धरौटीमा रिहा



पहिलोपोस्ट

विइङ ह्युमनका सञ्चालक बख्रेलसहित चार जना धरौटीमा रिहा

काठमाडौँः विइङ ह्युमनका नेपाल सञ्चालक सन्तोषचन्द्र बख्रेलसहित चार जना धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाह र किरणकुमार पोखरेलको इजलासले बख्रेलसहित अन्य दुई जनालाई जनही २० लाख रुपैयाँ धरौटी माग गरेको हो।

त्यस्तै नारायणप्रसाद घिमिरेको हकमा भने २ लाख रुपैयाँ धरौटी माग गरेको उच्च अदालत पाटकका उपरजिष्ट्रार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए।

बख्रेल अदालतमा बैंक ग्यारेन्टीबाट रिहा भएका छन्। बाँकीले भने नगद नै बुझाएका हुन्।

फागुन २२ गते बख्रेलसहित तीन जनाविरुद्ध राजस्व अनुसन्धान विभागले साढे ४ करोड रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको थियो।

मुद्दामा चैत ३० गते साक्षीको बकपत्रको लागि तोकिएको छ।

विभागले बख्रेलसहित रविन पाख्रिन र नारायणप्रसाद घिमिरेविरुद्ध राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। विभागले चारै जनाविरुद्ध अन्तःशुल्क नियमावली २०५९, भन्सार ऐन २०६४ कार्यान्वयन नगरेको आरोप लगाएको थियो।

विभागले बख्रेलविरुद्ध १ करोड ४७ लाख बिगो मागदाबी गरेको थियो। यस्तै पन्तविरुद्ध १ करोड ४७ लाख, पाख्रिनविरुद्ध १ करोड ४३ लाख र घिमिरेविरुद्ध ७ लाख बिगो र कैद सजाय माग दाबी गरेको थियो।

राजस्व छलेर नक्कली रक्सी नेपाल भित्र्याएको आरोपमा बख्रेल पक्राउ परेका थिए। महानगरीय अपराध महाशाखाले रक्सी गोदाममा छापा मारेर चार जनालाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell