PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

वर्षा राउत बाहिरिएसँगै फिल्म ‘२ नम्बरी’मा उपासनाको इन्ट्री



पहिलोपोस्ट

वर्षा राउत बाहिरिएसँगै फिल्म ‘२ नम्बरी’मा उपासनाको इन्ट्री

काठमाडौं : फिल्म ‘२ नम्बरी’मा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन्। उपासनासँग फिल्मको निर्माणपक्षले सोमवार कागजी सम्झौता गरेको हो।

यसअघि अभिनेत्री वर्षा राउतले काम गर्ने पक्का भएको थियो। तर, वर्षा फिल्मबाट बाहिरिएसँगै निर्माणपक्षले उपासनालाई भित्राएको हो।

फिल्ममा अनुबन्धित हुन पाउँदा आफूलाई निकै खुसी लागेको उपासनाले बताइन्।

‘म एकदमै खुशी छु। सौगात दाईसँग काम गर्ने ठूलो सपना थियो। त्यो पूरा हुँदैछ। फिल्मको टिम, कथावस्तु मन परेपछि मैले काम गर्ने निर्णय गरेकी हुँ,’ उनले भनिन्।

चैत्रको तेस्रो साताबाट छायाङ्कनमा जान लागेको फिल्म आउँदो वर्षको कात्तिक ४ गते रिलिज हुनेछ। दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, उपासना सिंह ठकुरी, दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेनको मुख्य भूमिका रहनेछ।

यो फिल्मले दुई साथीको कथा भन्नेछ। फिल्ममा दीपक मनाङ्गे र अमला देवी राइको लगानी रहनेछ। किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell